July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:४६
ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले ।

यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र आरआरआरको टिमले टिकट किन्न २५ हजार डलर अर्थात् प्रतिव्यक्ति २०।६ लाख रुपैयाँ भारु तिरेको थियो । गीतकार चन्द्र बोस र संगीतकार एमएम कीरावाणी र उनका पत्नीहरूलाई मात्र समारोहमा निःशुल्क प्रवेश दिइएको थियो ।

इकोनोमिक टाइम्सका अनुसार गीतका लागि मनोनित भएकाले मात्र एमएम कीरावाणी, गीतकार चन्द्रबोस र उनीहरूका पत्नीहरूलाई समारोहमा निःशुल्क प्रवेश दिइयो । ओस्कारका अनुसार अवार्ड विजेता र उनका परिवारका सदस्यले मात्र निःशुल्क प्रवेश पाउँछन् । जबकि अन्य सबैले कार्यक्रम लाइभ हेर्न टिकट किन्नुपरेको थियो ।

अवार्डको क्रममा एउटा भिडियो भाइरल भएको थियो, जसलाई लिएर भारतीय फ्यानले असन्तुष्टि व्यक्त गरेका थिए । राजामौली र उनको परिवारलाई पछाडिको सिट दिइएको थियो । फ्यानले पछिल्लो लहरमा सिट दिइएकोप्रति निन्दा गरिरहेका छन् । गीतले ओस्कार जितेको फिल्मको टिमलाई अन्तिम लहरमा राख्नु अपमानजनक भएको उनीहरुको टिप्पणी छ ।

यसबाहेक अर्को पनि विवाद भयो । वास्तवमा, कमेडियन र टेलिभिजन होस्ट जिमी किमेल, जसले ओस्कार होस्ट गरेका थिए, कार्यक्रमको क्रममा आरआरआरलाई बलिउड फिल्म भने । मूल रूपमा तेलुगूमा बनेको यो फिल्मलाई बलिउड भनिंदा फ्यान निकै रिसाए । राजामौली आफैंले आरआरआर तेलुगू फिल्म भएको बताएका छन् ।

९५ औं ओस्कार अवार्ड समारोहमा भारत र बलिउडको दबदबा रहेको छ । ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड जित्यो, जबकि द एलिफन्ट व्हिस्पर्स सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्यो । भारतले ओस्कारमा कुल तीनवटा मनोनयन प्राप्त गरेको थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्