May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक छैन : ईश्वर पोखरेल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:१८
नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक छैन : ईश्वर पोखरेल
  • आन्तरिक प्रतिस्पर्धालाई लिएर नेताको तेजोवध गर्ने प्रयत्न
  • मिडियामा एमालेलाई ताकीताकी एमालेको विरोध गर्ने
  • नेतालाई तेजोवध गर्ने अनेक हिसाबले कुरा उठाइँदै
  • एमालेले नै पार्टी जीवनको लोकतान्त्रिक वकालत गर्यो 

काठमाडौं ।।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लिएर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको तेजोवध गर्ने प्रयत्न भइरहेको बताएका छन् ।उपत्यका विशेष प्रदेशको अधिवेशनमा उनले सामाजिक सञ्जालमा नेताहरुको नाम जोडेर प्रचार गरिएको बताए । “सामाजिक सञ्जाल, मिडियामा एमालेलाई ताकीताकी एमालेको विरोध गर्ने । एमालेको तेजोवध गर्ने,” पोखरेलले भने, “एमालेको यो नेता वा त्यो नेता, अध्यक्षदेखि लिएर यो नेता वा त्यो नेतालाई तेजोवध गर्ने अनेक हिसाबले कुरा उठाइँदै छ ।”

उनले एमालेले नै पार्टी जीवनको लोकतान्त्रिक वकालत गरेको बताए । सहमति वा निर्वाचनमार्फत चुनावबाट नेतृत्व चयन हुने बताए ।उनले मित्रवत् प्रतिस्पर्धालाई पार्टीले स्वभाविक मानेको दाबी समेत गरे । उनले प्रदेश विशेष कमिटीको नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक नरहेको बताए । आर्थिक विश्रृङ्खलताको अन्त्यका लागि पनि एमाले सरकारमा आउनुपर्ने पोखरेलले बताए । पार्टीको लक्ष्य मिसन ०८४ रहेको भन्दै सोहीअनुसार अघि बढ्न उनले निर्देश पनि गरे ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट