May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

विरोधीको लागि प्रदेश अधिवेशन कुरा गर्ने बिषय बन्यो : ओली

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:५0
विरोधीको लागि प्रदेश अधिवेशन कुरा गर्ने बिषय बन्यो : ओली
  • अधिवेशनलाई लिएर विरोधीहरु एकोहोरो टिप्पणी गर्दै 
  • सर्वसम्मत नेतृत्व चयन गरेर अर्को मौका दिन आग्रह
  • नेतृत्वले कार्यकर्ताको कामको मूल्यांकन गरिरहेको हुन्छ 

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशनलाई लिएर विरोधीहरुले एकोहोरो टिप्पणी गरिरहेको बताएका छन् । शुक्रबार पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले सर्वसम्मत नेतृत्व चयन गरेर अर्को मौका दिन आग्रह गरे । “हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका दिओस्,” उनले भने, “अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।”

उनले चुनावमा सबैले नजित्ने भएकाले पार्टीमा सहमति गर्दा नै उपयुक्त हुने बताए । “सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने,” ओलीले भने, “उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।” ओलीले नेतृत्वले कार्यकर्ताको कामको मूल्यांकन गरिरहेको हुने बताए । नेतृत्वको मूल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने उनको भनाइ छ ।

“नेतृत्वको मूल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन,” ओलीले भने । उनले अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे । ओलीले आफ्नो खुसीले चुनाव लडेर निराश भएको टिप्पणी गरे । “कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र ?,” ओलीले सोधे ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट