April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १२:१९
विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् ।

उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इन्डिया टुडे कन्क्लेभमा रामचरणलाई आगामी फिल्मबारे प्रश्न सोधिएको थियो ।

यसबारे जवाफ दिंदै उनले खेलकुदसँग सम्बन्धित फिल्म गर्न चाहेको बताए । के तपाईं विराट कोहलीको भूमिकामा काम गर्न चाहुनुहुन्छ भनेर मिडियाले सोधेका थिए । यसमा रामचरणले तुरुन्तै जवाफ दिए र भने– बिल्कुल, विराट कोहली एक प्रेरणा हुन् । यदि मलाई मौका मिल्यो भने म उनको बायोपिक अवश्य गर्नेछु । म पनि उनी जस्तै देखिन्छु ।’

रामचरणको यस्तो भनाइपछि विराट कोहलीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी ‘नाटु नाटु’ गीतको हुक स्टेप गरिरहेको देखिन्छन् । यो भिडियो भारत र अष्ट्रेलियाबीचको पहिलो ओडीआई खेलको हो । कन्क्लेभको क्रममा रामचरणले ओस्कार समारोहमा नृत्य नगरेकोमा आफ्नो मौनता तोडे । आफूले स्टेजमा प्रस्तुति दिन चाहेको तर ओस्कार समितिले आफूलाई सम्पर्क नगरेको उनले बताए । तर पनि कार्यक्रममा आफ्नो गीत प्रस्तुत भएकोमा उनी खुसी छन् ।

त्यस क्रममा रामचरणले नाटु नाटु गाउने अभ्यास गरेको विषयमा पनि बताए । यो गीत छायांकन गर्न १२ दिन लागेको उनले बताए । उनले लगातार सात दिन यो गीतको अभ्यास गरे । जसकारण उनको घुँडा दुख्न थाल्यो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट