April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:0१
‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

काठमाडौं– नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्।

विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्।

भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ।

लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका हुन्। जसमा विक्कीसँगै गोर्खा रेजिमेन्टका जवानहरु पनि नाचिरहेका देखिन्छ।

विक्कीले सामाजिक सञ्जालमा ‘जय मा काली, आयो गोर्खाली’ भन्दै गीतको अंश साझा गरेका छन्। फेसबूक तथा इन्स्टाको रिलमा पनि गीतको भिडियो सेयर गर्दै विक्कीले खुकुरी समात्दा आफूलाई गौरव महसुस भएको बताएका छन्।

फिल्ममा विक्कीले मनेकसवाकै भूमिका निर्वाह गरेका छन् । मेगना गुल्जार निर्देशक रहेको यो फिल्म डिसेम्बर १ मा प्रदर्शन हुने बताइएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।