April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

ब्राउनसुगरसहित तीन जना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १७:१६
ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगरसहित मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका–६ की २० वर्षीया सोनु भुजेलले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १ सय २६ ग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले भुजेललाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यस्तै प्रहरीले उर्लाबारीका ४५ वर्षीय इन्द्रप्रसाद सुवेदीले आफ्नै घरमा लागूऔषध खैरो हिरोइन र गाँजा खरिद बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले १ हजार ९० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने खैरो पदार्थ र ३ सय १८ ग्राम गाँजा बरामद गरेको छ ।

यस्तै उर्लाबारी नगरपालिका–३ का ५७ वर्षीय नर बहादु खड्काले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले १ सय ५४ ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट