May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:४९
भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन
  • फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो 
  • मिस नेपाललगायतका सौन्दर्य पारखीहरु उपस्थित
  • मिस भारत नन्दिनीप्रति आभार व्यक्त

काठमाडौं ।।  

सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ ।  भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्य पारखीहरुको उपस्थिति थियो ।

भारतका शहरी युवती र महिलाहरुमाझ विगत साठी वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको म्यागजिन हो फेमिना ।  यसले भारतको सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा ठूलो रुपान्तरण ल्याइदिएको छ । साथै यसले महिलाहरुको बहुआयमिक व्यक्तित्व विकासमा उल्लेखनीय काम गरेको छ ।

सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वल्र्ड २०२३ पनि हुन् । कम्पनीकी प्रबन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले निमन्त्रणालाई सहर्ष स्वीकार गरी काठमाडौंमा सौन्दर्य पारखीहरुको एउटा संग्राहलय जस्तो मानिने फेमिना फ्ल्न्ट स्टुडियो सलुन को उद्घाटन गरिदिएकोमा मिस भारत नन्दिनीप्रति आभार व्यक्त गरेकी छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट