June 2, 2025 | सोमवार, जेष्ठ २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्यास सिलिन्डर बोकेको ट्रक पल्टियो, तीनजनाको मृत्यु

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ ११:३७
ग्यास सिलिन्डर बोकेको ट्रक पल्टियो, तीनजनाको मृत्यु

काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो ।

बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको डीएसपी लम्सालले जानकारी दिनुभयो ।
ट्रक चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र कामदारहरू लक्ष्यीराम चौधरी र विष्णु चौधरीको मृत्यु भएको छ , मृतकहरूको ठेगाना खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

ट्रकमा सवार चार जना मध्ये तीनजनाको घटनास्थलमै मृत्यु भएको डीएसपी लम्सालले जानकारी दिनुभयो । ट्रक सडकदेखि अन्दाजी करिक १५० मिटर तल अर्को सडकमा खसेको डीएसपी लम्सालले जानकारी दिनुभयो ।डीएसपी लम्सालका अनुसार ट्रकमा चारजना सवार थियो ।

सडकमा ‘साइड’ लगाएर ओट लगाउने क्रममा ट्रक पल्टिएको उनले जानकारी दिनुभय । दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु भएको र सहचालक सकुशल रहेको वहाँले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट