April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

तस्करहरुसँग साँठगाठमा कमाउ धन्दा चलाउँने विवादित प्रहरी बिनोद फेरि आए काँकरभिट्टा

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:२६
तस्करहरुसँग साँठगाठमा कमाउ धन्दा चलाउँने विवादित प्रहरी बिनोद फेरि आए काँकरभिट्टा

काठमाडौं । लामो समय काँकरभिट्टा प्रहरीमा घुमुवा बसेर तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा गर्ने प्रहरी बिनोद मण्डल पुनः काँकरभिट्टा काज आएका छन ।
प्रहरी सहायक हवल्दार विनोद मण्डल हाकिमको इसारामा सुचना संकलन गर्ने भन्दै तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा चलाउँने प्रहरीका रुपमा बिगतमा समेत विवादमा आएका थिए ।
सादा पोशाकका प्रहरीको सहयोगमा तस्करले भन्सार छलीको सामानहरु भित्र्याउन कुनै बेला यीनै मण्डल र तत्कालिन काँकडभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र पासवान लागेको समाचार वाहिर आएको थियो । मासिक रुपमा रकम उठाउने गरेको र रकम नदिए सामान ओसार्ने व्यपारीलाई विभिन्न बाहानामा दुख दिने गरेको मेचीडाँडाका एक व्यापारीले को प्रमाण सहित हामीले समाचार प्रकाशन गरेका थियौं ।

पासावन र मण्डलले सामान समात्ने नाममा महिला तथा युवतीमाथि दुर्व्यावार समेत गर्ने गरेका थिए । यति मात्रै होइन व्यापारीसँग महङ्गा सामान ल्याइदिन भन्दै डिमाण्ड गर्ने, सामान नल्याइदिए बाटो छेकेर समात्ने गरेको गुनासो समेत थियो । त्यस लगात्यै दुबै जना सरुवा भएका थिए ।

विगतमा तस्करहरुसँग साँठगाठ भएको आरोप विभिन्न सञ्चार माध्यममा समाचार आएपनि तत्कालिन डिएसपि राजेन्द्र पोखरेल र सुनिल दहालले खासै वास्ता गरेनन् । पैसा नदिने पोके व्यापारीहरु र रातको समयमा सुपाडी कटाउने तस्करहरुसँग पटक पटक उनको झगडा र महिलाहरुमाथि हातपात गरेको भिडियो नै सार्वजनिक पनि भएको थियो । तर, हाकिमका वफादार भएको कारण उनलाई उन्मुक्ति दिने गरिएको थियो । व्यापारीसँग पैसा उठाउनकै लागि नाकामा प्रहरीलाई सिविलमा हिनाउने र सिविलमा हिड्ने प्रहरीले ज्यादति गर्ने गरेको सिमाका स्थानिय जो केहीले पनि बताउछन् । तर, हाकिमकै लागि पैसा उठाउने भएपछि उनिहरुले जहिल्यै पनि उन्मुक्ति पाइरहेको तितो यर्थाथ छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी नायब उपरिक्षक गोविन्द कार्की हुँदा सहायक हवल्दार विनोद मण्डलको आचरण ठिक नभएको भन्दै चेतावनी समेत दिइएको थियो । पछि डिएसपि राजेन्द्र पोखरेलको पालामा उनलाई घुमुवा को नाइके नै बनाएर हिनाइएको थियो । कहिले प्रहरी नायब निरिक्षक राजेन्द्र पासवान त कहिले प्रहरी सहायक हवल्दार विनोद मण्डलले काँकरभिट्टा घुमुवाको कमाण्ड सम्हाले । यो दौरानमा डिएसपि सुनिल दाहाल आए पनि घुमुवाको र काँकरभिट्टा प्रहरीको अवैध असुलीको जिम्मेवारी यि नै मण्डललाई प्राप्त भइरह्यो ।
इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी रहेका प्रहरी सहायक हवल्दार विनोद मण्डल पटक पटक काँकरभिट्टा आइरहेका छन् । काँकरभिट्टामा अवैध असुली गरिरहेको आशंकामा उनलाई २०७८ चैतमा जिल्ला प्रहरी कार्यालयको आदेशमा जिल्ला मै तानिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पुनः उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्ज पठाइएको थियो । काँकरभिट्टामा पुनः मा ल्याइएको छ । स्रोतका अनुसार उनलाई शुरुमा क्युआरटी बाईकमा बजार गस्तीमा हिडाइने र पछि घुमुवामा खडाइने प्रपञ्च भइरहेको छ । हाकिमको वफादार पात्रको रुपमा प्रहरी सहायक हवल्दार विनोद मण्डललाई काँकरभिट्टा ल्याइएको बुझिएको छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट