sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिचानवादी पक्षधर आक्रामक : विरोधसभादेखि आम हड्तालसम्मको आन्दोलन

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:0१
पहिचानवादी पक्षधर आक्रामक : विरोधसभादेखि आम हड्तालसम्मको आन्दोलन

विराटनगर । कोशी प्रदेशमा पहिचानवादीले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

पहिचावादी संघर्ष समितिले गरेको आन्दोलनमा घाईते पदम लिम्बुको मृत्यु भएपछि शुक्रकार आकस्मिक बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति आपतकालिन बैठकले कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेल विरोधसभा र चक्काजाम सम्मका कार्यक्रम राख्ने निर्णय गरेका छन् ।

आन्दोलनमा घाईते भएर उपचारपछि मृत्युवरण गरेका पदम लिम्बू (लाजेहाङ) लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् । पहिचानवादीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्दा एकजना नेताले सहादत प्राप्त गरेको उल्लेख गरेको छ । बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने पनि बैठकको निर्णय छ । बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ । बैठकले शुक्रबार साँझ ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने निर्णय गरेको छ । चैत्र ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid