धरान । सुनसरीका दुई उपमहानगरपालिका बिचको सीमा विवाद शुरु भएको छ।  ईटहरी र धरानको सीमा विवाद शुरु भएको हो । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद शुरु भएको हो । धरान उपमहानगरपालिकाले ईटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको पानीपियामा सीमा प्रारम्भ लेखिएको बोर्ड राखेको थियो । सेउती खोलासम्म र धरानको सीमाना पनि त्यही सेउती खोलाले निर्धारण गर्ने स्थानीय बताउँछन् । sima

ईटहरी र धरानको सीमानाको बिषयलाई लिएर धरान उपमहानगरपालिकाले जंगल क्षेत्र सबै आफ्नो दावी गरेपछि त्यस बारेमा विवाद शुरु भएको हो । धरानले सीमा  प्रारम्भ भनेर लेखिएको बोर्ड लेखिदिएपछि युवा संघ नेपालले त्यो उखेलेर फालिदिएको छ।   इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड युवा संघ इटहरीले उलेखेर फालिदिएको हो ।simaa

आईतवारसाँझ धरान उपमहानगपालिकाले सीमा प्रारम्भ भनेर गाडेको बोर्ड एमाले सम्बद्ध युवा संघमा आबद्व युवाहरूले मध्यरातमा उखेलेर इटहरी उपमहनगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन् ।  युवा संघका कमलजंग क्षेत्रीले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने बिषयमा विवाद निकाल्ने काम भएको बताए ।  धरानले एकलौटी ढंगले बोर्ड राखेपछि त्यसको विरोध गर्नु परेको उनले बताए । धरान उपमहानगरपालिकाले दाबी गरेको क्षेत्र  ईटहरी उपमहानगरपालिका वडा नम्बर २० मा पर्छ । इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद रहेको थियो ।  विवादका बिच सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना निर्धारण गरेको भनेर दुबै पालिकाले मान्दै आएका थिए । पछिल्लो समय धरान उपमहानगरपालिकाले फेरी विवाद सिर्जना गराएको छ ।