sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३४
सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा

सल्यान । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनुभएको छ ।

उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनुभयो । अब जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘दिगो विकासमा सामुदायिक रेडियोको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्री शर्माले समाजमा रहेका गलत संस्कार र संस्कृति रूपान्तरणमा सञ्चार क्षेत्रले योगदान गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा पत्रकार र सञ्चार माध्यमको सुरक्षा र वृत्ति विकासका लागि आफूले ध्यान दिएर काम गर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाज विहीनहरूको साथी भएर किसान, मजदुर, महिलाहरूको पक्षमा काम गरिरहेको बताउनुभयो । भौतिक तथा मानवीय विकास वा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा शारदा एफएमले गरेको पैरवी उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विकास, सुशासन र जनताको जीविकोपार्जनका जस्ता विषयवस्तुलाई प्राथमिकता दिएर रेडियोले कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान लगायत पहाडी जिल्लामा सञ्चार पहुँच पुर्‍याउने माध्यम रेडियो भएकाले आर्थिक, सामाजिक क्षेत्रमा जागरण पैदा गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोरयाव) अध्यक्ष अर्जुन गिरीले नेपालको सामाजिक तथा राजनैतिक परिवर्तनमा रेडियोहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सामुदायिक रेडियोहरूलाई नीतिगत रूपमै सहयोग गर्ने नीति लिन आवश्यक रहेको गिरीको भनाई छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid