April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३४
सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा

सल्यान । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनुभएको छ ।

उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनुभयो । अब जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘दिगो विकासमा सामुदायिक रेडियोको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्री शर्माले समाजमा रहेका गलत संस्कार र संस्कृति रूपान्तरणमा सञ्चार क्षेत्रले योगदान गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा पत्रकार र सञ्चार माध्यमको सुरक्षा र वृत्ति विकासका लागि आफूले ध्यान दिएर काम गर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाज विहीनहरूको साथी भएर किसान, मजदुर, महिलाहरूको पक्षमा काम गरिरहेको बताउनुभयो । भौतिक तथा मानवीय विकास वा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा शारदा एफएमले गरेको पैरवी उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विकास, सुशासन र जनताको जीविकोपार्जनका जस्ता विषयवस्तुलाई प्राथमिकता दिएर रेडियोले कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान लगायत पहाडी जिल्लामा सञ्चार पहुँच पुर्‍याउने माध्यम रेडियो भएकाले आर्थिक, सामाजिक क्षेत्रमा जागरण पैदा गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोरयाव) अध्यक्ष अर्जुन गिरीले नेपालको सामाजिक तथा राजनैतिक परिवर्तनमा रेडियोहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सामुदायिक रेडियोहरूलाई नीतिगत रूपमै सहयोग गर्ने नीति लिन आवश्यक रहेको गिरीको भनाई छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट