sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तिम कथा

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:५७
अन्तिम कथा

अहो, कस्तो होला त्यो दिन
मेरो खास दिन, मेरो प्यारो दिन
मेरो आफ्नो अन्तिम दिन
अकस्मात् आत्तिएका कहालिएका रोदनहरू
जस्केला छेडेर बाहिर सुनिन्छ सुनिँदैन होला
झट्टै आँगनभरि दाजुभाइ र साथीसङ्गी
झुम्मिन्छन् झुम्मिँदैनन् होला
मेरो घर भित्रबाट विरक्त लाग्दो
एक्ले शंख बज्छ बज्दैन होला
सेतो कपडा बेरी परालमा कोही
बस्छ बस्दैन होला
उम्लिँदै गरेको तेलमा एकपाटे सेल
पाक्छ पाक्दैन होला
फूलमाला र अबिरले मलाई
सिँगार्छन् सिँगार्दैनन् होला
मलाई त इन्द्रकमल मन पर्छ
कसैलाई थाहा होला नहोला
मलाई त घण्टी फूल नि मन पर्छ
याद रहला नरहला
कस्तो बन्दो हो मेरो चौतारा
कस्तो लेखिँदो हो मेरो ढुङ्गे किताब
बढ्ला नबढ्ला मेरो नामको वरपिपल
तिनीहरूको बिहे होला नहोला

अहो, म त्यहीँ हुन्छु तर हुन्न
त्यो त्यस्तो भेला
अहो, म आफै छैन उपस्थित
मेरै मृत्युमेला
यो सद्गति मेरो भाग्यमा
रहला या नरहला
कठिन छ बताउन नआई
त्यो पक्का बेला

अफसोच, हुन त यस्तो पनि सक्ला कि
कसैले भेट्टाउनै नसक्ने एकलासमा
या कसैले छुनै नमान्ने पराई देशमा
दुर्गति प्राप्त हुन सक्ला
र, हुन सक्ला त्रासदीपूर्ण प्रस्थान
या हुन सकुँला
जल या अग्निमा समाधिस्थ
त्यसैले त भन्न मन लाग्छ कैले त
हे दैव, प्रकट हो र बता
कस्तो लेखिएको छ
मेरो अन्तिम कथा ।
मेरो अन्तिम कथा ।।

सुरेश राई।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid