May 23, 2024 | बिहिबार, जेष्ठ १०, २०८१
सुचनाहरु
१५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा , आजै अदालत लगिँदै कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

संवेदनशिल अस्पताल क्षेत्रमा झापामा डाक्टर मिङ्कु झाको दादागिरी,पक्राउ परे डाक्टर

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १८:५0
संवेदनशिल अस्पताल क्षेत्रमा झापामा डाक्टर मिङ्कु झाको दादागिरी,पक्राउ परे डाक्टर

खगेन्द्र घिमिरे काठमाडौं ।।

झापाको बिर्तामोडमा संचालित एक अस्पतालबाट दादागिरी शैलीमा बिर्तामोडका डाक्टर मिन्कु झाले उपचारमा प्रयोग भइरहेको भिडियो एक्स–रे, एक्स–रे मेसिन र प्रिन्टर लगायतका सामग्री उठाएर लगेका छन् ।
आपसी लेनदेनको नाममा संजिवनी अस्पतालबाट बिरामीको उपचारमा भइरहेको समयमा जवरजस्ती ति सामग्री उठाएर लगिएको सजिवनी अस्पतालका डाक्टर सिपि यादवले बताए ।
आफु घरमा भएको समय बिहान ९ बजेर ५५ मिनेट जादा अस्पताल छिरेकका मिङ्कु सहितको टोलीले बेडमा सुतिसकेको बिरामी उठाएर मेसिन लगेको यादवको दावी छ । गुण्डागर्दी शैलिमा आएका डाक्टर झाले उपचारमा प्रयोग भइरहेकै अवस्थामा मेसिन लगायतका सामान लगेको सिसि फुटेजमा देख्न सकिन्छ ।
अस्पतालको बाहीर रोकिएको गाडीमा सामान हाल्दै गरेको प्रष्ट देख्न सकिन्छ । उपचारमा प्रयोग भइरहेको मेसिन ओसारेर गाडीमा लोड गरेका हुन । अस्पतालका संचालक डाक्टर सिपी यादबले दादागिरी शैलिमा उपचारमा प्रयोग भइरहेको सामान उठाएर लगिएको बताए । लेनदेनको बिषय अस्पताल जस्तो संवेदनशिल ठाउँमा आएर यस्तो हर्कद देखाउनु पेशाकै बदनाम भएको भन्दै कानुनी रुपमा अघि बढ्ने बताए । यादवले झासँग कानुनी लडाई लड्ने भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन समेत दिएका छन ।
घटनामा संलग्न भनिएका डाक्टर मिङ्कु झाले आफुलाइ भने बिर्तामोड प्रहरीले केही समय अघि नियन्त्रणमा लिएको छ डाक्टर यादवसँग लेनदेन बिषयमा अस्पतालबाट यसरी बिरामी हटाएर सामान उठाउनु गैरजिम्मेवारी पन भएको डिएसपी रुगम वहादुर कुवरले बताए ।
उपचारमा प्रयोग भईरहेकै अवस्थामा लेनदेनका नाममा अस्पतालबाट उपचारमा प्रयोग भईरहेको मेसिन जबरजस्ती उठाएर लानु नागरिकको उपचार पाउने मौलिक हकमाथिको ठाडो हस्तक्षेप हो ।

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट