April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

राहुल गान्धी प्रकरणः भारतीय संसद्‌मा तनाव, कालो पहिरनमा पुगे विपक्षी सांसद

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १५:0४
राहुल गान्धी प्रकरणः भारतीय संसद्‌मा तनाव, कालो पहिरनमा पुगे विपक्षी सांसद

राहुल गान्धीको सांसद पद खारेज गरेको विषयलाई लिएर सोमबार भारतको संसद्‌को अवस्था तनावग्रस्त बनेको छ।

संसद्‌मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन। लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ।

विपक्षी सांसदहरुले राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरेको विरोधमा नाराबाजी गरेका थिए।

संसद् जानुअघि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेसहित विपक्षी पार्टीका नेताहरुको बैठक भएको थियो। बैठकमा राहुलको संसद सदस्यता रद्द गरिएको अवस्थामा कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

संसद् बैठकमा कांग्रेस सांसदहरु विरोधस्वरुप कालो पहिरनमा पुगेका थिए।

‘हामी आज कालो कपडामा संसद् आएका छौँ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा एक–एक गरेर लोकतन्त्र अन्त्य गर्न खोजिरहेको कुरा देशलाई देखाउन चाहन्छौँ,’ कांग्रेस अध्यक्ष खडगेले भने, ‘जसरी राहुल गान्धीलाई लोकसभाबाट निकालिएको छ, त्यसकाविरुद्ध सबै विपक्षी दल एकजुट छौँ। राहुल गान्धीमाथि अन्याय भएको छ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।