March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ?

प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १४:१८
प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

विराटनगर । कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचानवादी संगठनहरुले आज प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरिरहेका छन् ।
विराटनगरको बसपार्कबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर जाने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानिरहेका छन् भने प्रहरीले पनि उनीहरुमाथि लाठी प्रहार गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । यसैगरी दमकल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास पनि प्रहरीले गरिरहेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेश १ को नाम कोसी राखेको थियो । एमाले, कांग्रेस, माओवादी र राप्रपाले कोसी प्रस्ताव गरेपछि उक्त नाम प्रदेशसभाबाट भारी बहुमतले पारित भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा कोसीको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो ।

प्रदेशसभाले कोसी नामकरण गरेपछि यसको विरोधमा पहिचानवादी संगठनहरुले प्रदर्शन गर्दै आएका छन् । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने उनीहरुको मुख्य माग छ ।

गत चैत ५ गते भएको विरोध प्रदर्शनका क्रममा सहभागी भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर ४२ वर्षीय पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो ।

आन्दोलनरत पक्षले सुरक्षाकर्मीको लाठी प्रहारबाट लिम्बूको मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले भने प्रहरीमाथि प्रहार गरिएको प्रदर्शनकारीको लाठी उनको टाउकामा लागेको दाबी गर्दै आएको छ ।

प्रदर्शनलाई ध्यान दिँदै विराटनगरमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट