October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:४७
राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर प्रश्न गरेका छन् ।

मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको लिङ्देनले बताए ।

‘एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यवद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो म त्यसको भत्र्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजाबादी हुने छुट कुनै नागरिकलाई छैन ? ’

अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरेका छन् ।

उनले कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले अनदेखा गरिरहेको बताए । ‘पूर्वमा भएको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने भइरहेको छ’ उनले भने ।

सैद्धान्तिक रुपमा आफूहरु प्रदेश संरचनामा विमति राख्ने भन्दै लिङ्ेदनले प्रदेश संरचना आर्थिक रुपमा बोझिलो र झञ्झटिलो हुने बताए । ‘हामीले कुनै बेला द्वन्द्व पनि ल्याउँछ भनेका थियौं, अहिले पूर्वमा त्यही भइरहेको छ’ उनले भने ।

पूर्वमा भइरहेको आन्दोलनप्रति सरकारको के छ भन्दै उनले सरकारसँग जवाफ मागेका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्