sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिमालय रोडिजको जजमा दीया मास्केको निरन्तरता, वैशाख १० देखि छायांकन हुने

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १२:४८
हिमालय रोडिजको जजमा दीया मास्केको निरन्तरता, वैशाख १० देखि छायांकन हुने

काठमाडौं 

हिमालय रोडिजको पाँचौं सिजनका चारैजना जज फाइनल भएका छन् । जजको रुपमा दीया मास्केले निरन्तरता पाउने भएकी छन् । दर्शकले अब दीयासहित प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् ।

मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धा पहिलो सिजनदेखि नै दर्शकमाझ लोकप्रिय छ । निर्देशक सिमोस सुनुवारले चारैजना सेलिब्रिटी जजको रुपमा तय भएको बताए । पाँचौं सिजनबाट अभिनेत्री प्रियंका कार्की पनि जजको रुपमा प्रवेश गरेकी छन् ।
पाँचौं सिजनको छायांकन वैशाख १० गतेदेखि सुरु हुने तयारीमा छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।

नयाँ सिजनमा अघिल्ला संस्करणमा भन्दा भिन्न टास्कहरु प्रस्तुत गरिने निर्देशक सुनुवारले बताए । पाँचौं सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । हिमालय टेलिभिजनका महाप्रबन्धक गोविन्द ढकालले नयाँवर्षदेखि यो कार्यक्रम प्रसारण हुने बताए । टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरु पनि पाइपलाइनमा रहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid