April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

हिमालय रोडिजको जजमा दीया मास्केको निरन्तरता, वैशाख १० देखि छायांकन हुने

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १२:४८
हिमालय रोडिजको जजमा दीया मास्केको निरन्तरता, वैशाख १० देखि छायांकन हुने

काठमाडौं 

हिमालय रोडिजको पाँचौं सिजनका चारैजना जज फाइनल भएका छन् । जजको रुपमा दीया मास्केले निरन्तरता पाउने भएकी छन् । दर्शकले अब दीयासहित प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् ।

मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धा पहिलो सिजनदेखि नै दर्शकमाझ लोकप्रिय छ । निर्देशक सिमोस सुनुवारले चारैजना सेलिब्रिटी जजको रुपमा तय भएको बताए । पाँचौं सिजनबाट अभिनेत्री प्रियंका कार्की पनि जजको रुपमा प्रवेश गरेकी छन् ।
पाँचौं सिजनको छायांकन वैशाख १० गतेदेखि सुरु हुने तयारीमा छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।

नयाँ सिजनमा अघिल्ला संस्करणमा भन्दा भिन्न टास्कहरु प्रस्तुत गरिने निर्देशक सुनुवारले बताए । पाँचौं सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । हिमालय टेलिभिजनका महाप्रबन्धक गोविन्द ढकालले नयाँवर्षदेखि यो कार्यक्रम प्रसारण हुने बताए । टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरु पनि पाइपलाइनमा रहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट