July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कांग्रेसबाहेकका ७ दलका मन्त्री तय, कसलाई कुन मन्त्रालय ?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:५५
कांग्रेसबाहेकका ७ दलका मन्त्री तय, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । गठबन्धन दलमा मन्त्रालयको सहमति जुटेपछि आजै ३ बजे मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

प्रधानमन्त्रीले दलहरूसँग एक बजेसम्म मन्त्रीको नाम मागेका छन् । गठबन्धनका दलहरूले यसअघि मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन् ।

सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।

अहिलेसम्म २ मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बतायो ।

लोसपाका शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएको छन् । जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताए । मन्त्रीमा एकजना अशोक राई टुंगो लागेको छ ।

यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ । कांग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ८ जना मन्त्री बन्नेछन् ।

कांग्रेसबाट उपसभापति धनराज गुरुङ, एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बू, मोहनबहादुर बस्नेत लगायतको नाम मन्त्री बन्नेको सूचीमा छ। तर, अहिले पनि मन्त्रीबारे छलफल गर्नका लागि नेताहरुको बैठक बसिरहेको देउवा निकट नेता मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘केही बाहिर चर्चामा आएकै नाम हुन् । तर, अहिलेसम्म टुंगिएको छैन । त्यसबारे अहिले शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । टुंगिएको छैन ।’

यस्तै, नेसपाबाट महिन्द्र राय यादव सरकारमा जाँदैछन् । उनको खानेपानी मन्त्रालयको सम्भावना छ । तर, नटुंगिएको नेता यादवले बताए ।

यस्तै, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं सरकारमा जाँदैछिन् । उनी भूमि मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुन लागेको बताइन् ।

यस्तै, आमजनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री बन्दैछन् । तर, अहिलेसम्म प्रधानमन्त्रीले कुन मन्त्रालय भनेर आफूलाई जानकारी नगराएको उनले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्