June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो

रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १५:१९
रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले हालैको एक अन्तर्वार्तामा रजनीकान्त स्टारर सन् २००२ मा रिलिज भएको फिल्म ‘बाबा’ फ्लप भएपछि दक्षिण भारतीय फिल्म उद्योगमा आफ्नो करिअर समाप्त भएको बताएकी छन् । यो एक्सन फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

ओटु इण्डिया नामक एक युट्युब च्यानलसँग कुरा गर्दै उनले भनिन्, ‘बाबा सायद मेरो अन्तिम ठूलो तमिल फिल्म थियो । त्यतिबेला यो निकै नराम्रोसँग फ्लप भयो, त्यसैले मलाई लाग्यो कि साउथ फिल्ममा मेरो करिअर पूरै सकिएको छ र ठ्याक्कै त्यस्तै भयो ।’
मनिषाले अगाडि भनिन्, ‘बाबा रिलिज हुनुअघि साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिस संकटपछि मलाई फिल्मको अफर कम आउन थाल्यो । बिस्तारै अफर आउन बन्द भयो । जब बाबा बक्स अफिसमा पुनः रिलिज भयो, त्यो हिट साबित भयो । किनभने, रजनी सरका फिल्महरू यसरी कहिल्यै फ्लप हुन सक्दैनन् । उहाँ सधैं आफ्नो काममा धेरै सक्रिय हुनुहुन्छ ।’

बाबालाई गत वर्ष रजनीकान्तको जन्मदिनको अवसरमा रिलिज गरिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । रजनीकान्तका लागि बाबा फिल्म निकै महत्वपूर्ण थियो तर सुरुमा यो फिल्मले फ्यानलाई खासै प्रभावित गर्न सकेन । रजनीकान्त बाबाका मुख्य अभिनेता मात्र नभई यसका निर्देशक र पटकथा लेखक पनि थिए ।
फिल्मको कथा एक युवकको वरिपरि घुम्छ जो नास्तिक हुन्छ । ऊ हिमालयी सन्तको पुनर्जन्म भएको खुलासा पछि हुन्छ । मनिषाको पछिल्लो फिल्म ‘शहजादा’ पनि बक्स अफिसमा असफल रह्यो । रणवीर कपुर स्टारर सञ्जु उनको हिट फिल्म थियो । मनिषाले हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा अभिनय गरेकी छन् ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट