April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी गायिका एलिना चौहानले गरिन् विवाह देशभर आज मौसम सफा रहने मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ १ लाख ५० हजार घुसले पोखरा महानगरका इन्जिनियर पक्राउ मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री आज सुनको मूल्य स्थिर महावीर पुनले आफ्नै आत्मकथा बेचेर पाँच करोड आम्दानी ‘होस्टेल–३’ निर्माण गर्ने घोषणा आईपीएल : आज गुजरात र दिल्ली भिड्दै एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरेबिया खेल्दै काठमाडौँ महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने ; कहाँ कहाँ गर्दैछ त परिक्षण ? आज रामनवमी ; भगवान रामको पुजाआरधना गरि मनाइदै झापामा दारा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला

बालेनविरुद्धको मुद्दा आज सिंहको इजलासमा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:५४
बालेनविरुद्धको मुद्दा आज सिंहको इजलासमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो।
बुधबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ ।
त्यसअघि मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन
गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।