April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उडिरहेको विमानको ११ हजार फिटमाथि ककपिटमा गोबन सर्प

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ ११:४0
उडिरहेको विमानको ११ हजार फिटमाथि ककपिटमा गोबन सर्प

दक्षिण अफ्रिका 

दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ इरास्मसले प्लेन ११ हजार फटको उचाइमा उडाइरहेका थिए। सोही समयमा उनलाई प्लेनमा गोबन सर्प भएको थाहा भयो।

उनी बसेको सिटमुनि गोबन सर्प भएको थाहा पाउँदाको समयको बारेमा बोल्दै उनले भने, ’इमानदारीपूर्वक भन्नुपर्दा, मेरो दिमागले के भइरहेको थियो बुझ्न सकेन। यो डरलाग्दो क्षण थियो।’

पायलट रुडोल्फले ढाडमा चिसो चीजको स्पर्श महसुस गरे। सुरुमा उनाई आफ्नो पानीको बोतल हो जस्तो लागेको थियो। उनले भने, ’मलाई चिसो अनुभव भयो। केहि घस्रिरहेको जस्तो लाग्यो।’

रुडोल्फले आफ्नो पानीको बोतल राम्रोसँग बन्द नभएकोले पानी सर्टमा बगेको होला भन्ने सोचे। उनले भने, ’जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा गोबन सर्प थियो। उसले सिट भित्र टाउको घुसार्न खोजिरहेको थियो।’

रुडोल्फ ब्लोमफन्टेनबाट प्रिटोरिया जाँदै थिए। उक्त विमानमा थप चार जना यात्रु थिए। विमानमा सर्प भएको थाहा पाएपछि उनले आकस्मिक अवतरण गरे।

पाइलट रुडोल्फ इरास्मसले सर्पले टोके ३० मिनेटमा मृत्यु हुनसक्ने भएकोले उनले विमानमा आतंक मच्चाउन नचाहेको बताए।

रुडोल्फले आफूले पहिले शान्त भएर सोचेको र त्यसपछि विमानमा सर्प भएको कुरा यात्रुलाई बताएको जनाए। सर्प पछाडी गएर बाँकी मानिसमा त्रास फैलिन सक्छ भन्ने उनलाई डर थियो।

अन्तमा, उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिने निर्णय गरे। उनले यात्रुहरूलाई भने, ’सुन्नुहोस्, विमान भित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ। त्यसैले जतिसक्दो चाँडो विमान अवतरण गर्ने प्रयास गर्दै छु।’

यदि उनी आत्तिएको भए अवस्था अझ खराब हुन सक्ने उनले बताए। उनले वेलकम सिटीमा विमानको आकस्मिक अवतरण गराए। विमानमा काम गर्ने दुई जनाले विमान मुनि सर्प देखेको पहिलै बताएका थिए। तर आफूहरु ’पक्रन’ असफल भएको बताएका थिए।
पाइलट रुडोल्फले विमानमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए। उनले भने, ’दुर्भाग्यवश फेला परेन। त्यसपछि हामी सबैले भागेछ भन्ने अनुमान गर्यौँ।’

विमान अवतरणपछि पनि सर्प भेटिएको छैन। विमानको जाँच गर्ने इन्जिनियरहरूले सर्प फेला पार्न सकेनन्। दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गरे।

खोसाले भने, ’उनले अद्भुत काम गरे र विमानमा सवार सबैको ज्यान बचाए।’ तर पायलट रुडोल्फले आफूले गरेको काम खास नभएको बताउँछन्।

उनले भने, ’म शान्त रहेका मेरा यात्रुहरूको पनि प्रशंसा गर्दछु।’ बीबीसी

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।