sweet bonanza
January 23, 2026 | शुक्रबार, माघ ११, २०८२
सुचनाहरु
Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को

बेपत्ता बनाएको भनिएको सेन्ट्रो कार काठमाण्डौमा : राजन मेहता

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १७:२८
बेपत्ता बनाएको भनिएको सेन्ट्रो कार काठमाण्डौमा : राजन मेहता

इनरुवा नगरपालिकाका पुर्वमेयर राजन मेहताले बेपता बनाएको भनिएको सेन्ट्रो कारको खोजीको भइरहेको समयमा कार काठमाण्डौको सडकमा गुडदै गरेको फेला परेको छ ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवम जिल्ला समन्वय समिति महासंघका अध्यक्षसमेत रहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहतामाथि आफू मेयर रहँदा प्रयोग गरेको एक कार र मोटरसाइकल फिर्ता नगरी बेपत्ता बनाएको आरोपपछि आखिर ति सवारी साधन कहाँ छ त भन्ने चासो सर्वत्र देखिन थालेको हो ।

मेयर भएको करिब दुई वर्षपछि मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको प्रयोगको लागि सेन्ट्रो कार प्राप्त भएको थियो । सो कार नगरपालिकामा केही समय प्रयोग भएपछि त्यो कार इनरुवामा देखिएको थिएन । स्थानीय तहको निर्वाचनपछि इनरुवा नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आएको एक वर्ष पुग्न लागिसकेको छ । करिब सो भन्दा अगाडिदेखि नै इनरुवा र नगरपालिकाको प्रयोजनमा प्रयोग भएको नदेखिएको सो सवारी साधनको विषयको समाचारहरु बाहिरिएपछि अहिले सो कार कहाँ छ भनेर खोजी सुरु भएको थिो ।

इनरुवा नगरपालिकाको बा १ झ ८८२३ नम्बरको सेन्ट्रो कार र को २७ प १८ नम्बरको हिरो डिलक्स स्कुटर मेहेताले फिर्ता गरेका छैनन् । नगरपालिकाले मेहतालाई पत्राचार गरेरै गाडी फिर्ता गर्न अनुरोध गरेको महिना दिन पूरा भएको छ । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले माघ ३ गते काटेको पत्रमा गाडी फिर्ता गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई समेत फिर्ता ल्याउन सहयोग गर्न आग्रहसहितको बोधार्थ दिईएको पत्र पठाएको डेढ महिना पुगिसकेको छ । तर अहिलेसम्म न त प्रहरी, नत प्रशासन नत नगरपालिकालाई नै थाहा छ सो सवारी साधन कहाँ छ भनेर ।

इनरुवा नगरपालिका स्रोतका अनुसार इनरुवा नगरपालिकाबाट बेपत्ता भएको सो कार पहिला राजन मेहताका नेपाल प्रहरीमा कार्यरत प्राविधिक प्रहरी नायव उपरिक्षक रहेका बहिनी ज्वाईले काठमाडौमा प्रयोग गरिरहेका थिए । सो विषयमा तत्कालिन समयमा समाचारहरु सार्वजनिक भएपछि अहिले सो सवारी साधन नेपाल प्रहरीमै काम गरेका, सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीको भतिजो बताउने योगेन्द्र कार्कीले काठमाडौमा प्रयोग गरिरहेको भेटिएको छ । सोही कार चढेर हिडने गरेका कार्कीले नेपाली काग्रेस सुनसरीका नेताहरुलाई भेटघाट गर्न आउदा सो कार चढने गरेको जानकारहरु बताउछन ।

सरकारी नम्बर प्लेट भएको सो कार अहिलेसम्म काठमाडौमा रहेका उनै कार्कीले प्रयोग गरिरहेका छन । यो विषयमा स्वयम नगरपालिकाका कर्मचारी र स्वयम मेयरसहितका जनप्रतिनिधिहरु समेत जानकार छन ।

नगरपालिकाका केही पदाधिकारी र कर्मचारीले गत माघ महिनासमेत सो कारे, ‘कार काठमाडौमा फेला पारेका थिए ।

कार काठमाण्डौमा र मोटरसाइकल इनरुवामा छ । यो कुरा नगरपालिकाका मेयरदेखिका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी छ । तर उनीहरुले यसलाई फिर्ता ल्याउन ठोस पहल गर्न सकेका छैनन ।

कर्मचारीहरु पूर्व मेयर समेत रहेका, अहिले जिससको प्रमुखसमेत रहेका र नेपाली कांग्रेसमा प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की निकट रहेका कारणले उनीसँग गाडी फिर्ताको लागि पहल गर्न डराउँछन । अझै नयाँ सरकार गठनमा नेपाली कांग्रेससहितको गठबन्धन बनेको र कार्की सरकारको प्रभावशाली मन्त्री बन्ने सम्भावना रहेकोले कर्मचारीहरु यो विषयमा अझै बोल्न डराउँछन भने मेयरसहितका जनप्रतिनिधिहरुले सञ्चारमाध्यमसँगको कुराकानीमा फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त गरेपनि आन्तरिक रुपमा भने आफूलाई कहाँ सवारी साधन छ र कस्ले प्रयोग गरेको छ भन्ने विषयमा सबै जानकारी भएपनि फिर्ता ल्याउन भने ठोस पहल गर्न सकेका छैनन ।

राजन मेहताले ग्यालेक्सी टीभीमा दिएको अन्र्तवार्तामा उनले गाडी बिग्रिएको कारण काठमाण्डौमा थन्कीएर ग्यारेजमा रहेको बताएका थिए ।

पछि सो टेलिभिजनलाई दिएको अर्को अन्र्तवार्तामा मेहताले कार इनरुवामा जिल्ला समन्वय समितीको कार्यालयमा रहेको दावी गरि आफनो पुर्व भनाईलाई ढाकछोप गरेका थिए ।

अरूले गलत प्रचार गरेको सुनाएका हालका नगरप्रमुख केदार भण्डारी उपचारको लागि भारत गएको कारण फिर्ता गर्न ढिला भएको मेहताले प्रष्ट पारेका छन । नगरपालिकासँग समन्वय भएरै गाडी राखेको र गाडी चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

मेहताले नगरपालिकासँगकै समन्वयमा सवारी साधन आफूले राखेको बताउने र नगरपालिकाले देखावटी रुपमा फिर्ता ल्याउन पहलसहितको पत्राचार गर्ने तर सबै थाहा भएको विषयमा ठोस कदम चाल्न नसकेको स्थिति ‘त कुटेजस्तो गर्छु, म रोए जस्तो गर्छु’ भने जस्तो वा मैथली भनाई ‘चोर चोर मोसेरा भाई’ जस्तो नाटकीय स्थितिको रुपमा रहेको भनेर स्थानीयहरु विश्लेषण गर्न थालेका छन ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid