April 1, 2023 | शनिबार, चैत्र १८, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

बेपत्ता बनाएको भनिएको सेन्ट्रो कार काठमाण्डौमा : राजन मेहता

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १७:२८
बेपत्ता बनाएको भनिएको सेन्ट्रो कार काठमाण्डौमा : राजन मेहता

इनरुवा नगरपालिकाका पुर्वमेयर राजन मेहताले बेपता बनाएको भनिएको सेन्ट्रो कारको खोजीको भइरहेको समयमा कार काठमाण्डौको सडकमा गुडदै गरेको फेला परेको छ ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवम जिल्ला समन्वय समिति महासंघका अध्यक्षसमेत रहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहतामाथि आफू मेयर रहँदा प्रयोग गरेको एक कार र मोटरसाइकल फिर्ता नगरी बेपत्ता बनाएको आरोपपछि आखिर ति सवारी साधन कहाँ छ त भन्ने चासो सर्वत्र देखिन थालेको हो ।

मेयर भएको करिब दुई वर्षपछि मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको प्रयोगको लागि सेन्ट्रो कार प्राप्त भएको थियो । सो कार नगरपालिकामा केही समय प्रयोग भएपछि त्यो कार इनरुवामा देखिएको थिएन । स्थानीय तहको निर्वाचनपछि इनरुवा नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आएको एक वर्ष पुग्न लागिसकेको छ । करिब सो भन्दा अगाडिदेखि नै इनरुवा र नगरपालिकाको प्रयोजनमा प्रयोग भएको नदेखिएको सो सवारी साधनको विषयको समाचारहरु बाहिरिएपछि अहिले सो कार कहाँ छ भनेर खोजी सुरु भएको थिो ।

इनरुवा नगरपालिकाको बा १ झ ८८२३ नम्बरको सेन्ट्रो कार र को २७ प १८ नम्बरको हिरो डिलक्स स्कुटर मेहेताले फिर्ता गरेका छैनन् । नगरपालिकाले मेहतालाई पत्राचार गरेरै गाडी फिर्ता गर्न अनुरोध गरेको महिना दिन पूरा भएको छ । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले माघ ३ गते काटेको पत्रमा गाडी फिर्ता गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई समेत फिर्ता ल्याउन सहयोग गर्न आग्रहसहितको बोधार्थ दिईएको पत्र पठाएको डेढ महिना पुगिसकेको छ । तर अहिलेसम्म न त प्रहरी, नत प्रशासन नत नगरपालिकालाई नै थाहा छ सो सवारी साधन कहाँ छ भनेर ।

इनरुवा नगरपालिका स्रोतका अनुसार इनरुवा नगरपालिकाबाट बेपत्ता भएको सो कार पहिला राजन मेहताका नेपाल प्रहरीमा कार्यरत प्राविधिक प्रहरी नायव उपरिक्षक रहेका बहिनी ज्वाईले काठमाडौमा प्रयोग गरिरहेका थिए । सो विषयमा तत्कालिन समयमा समाचारहरु सार्वजनिक भएपछि अहिले सो सवारी साधन नेपाल प्रहरीमै काम गरेका, सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीको भतिजो बताउने योगेन्द्र कार्कीले काठमाडौमा प्रयोग गरिरहेको भेटिएको छ । सोही कार चढेर हिडने गरेका कार्कीले नेपाली काग्रेस सुनसरीका नेताहरुलाई भेटघाट गर्न आउदा सो कार चढने गरेको जानकारहरु बताउछन ।

सरकारी नम्बर प्लेट भएको सो कार अहिलेसम्म काठमाडौमा रहेका उनै कार्कीले प्रयोग गरिरहेका छन । यो विषयमा स्वयम नगरपालिकाका कर्मचारी र स्वयम मेयरसहितका जनप्रतिनिधिहरु समेत जानकार छन ।

नगरपालिकाका केही पदाधिकारी र कर्मचारीले गत माघ महिनासमेत सो कारे, ‘कार काठमाडौमा फेला पारेका थिए ।

कार काठमाण्डौमा र मोटरसाइकल इनरुवामा छ । यो कुरा नगरपालिकाका मेयरदेखिका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी छ । तर उनीहरुले यसलाई फिर्ता ल्याउन ठोस पहल गर्न सकेका छैनन ।

कर्मचारीहरु पूर्व मेयर समेत रहेका, अहिले जिससको प्रमुखसमेत रहेका र नेपाली कांग्रेसमा प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की निकट रहेका कारणले उनीसँग गाडी फिर्ताको लागि पहल गर्न डराउँछन । अझै नयाँ सरकार गठनमा नेपाली कांग्रेससहितको गठबन्धन बनेको र कार्की सरकारको प्रभावशाली मन्त्री बन्ने सम्भावना रहेकोले कर्मचारीहरु यो विषयमा अझै बोल्न डराउँछन भने मेयरसहितका जनप्रतिनिधिहरुले सञ्चारमाध्यमसँगको कुराकानीमा फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त गरेपनि आन्तरिक रुपमा भने आफूलाई कहाँ सवारी साधन छ र कस्ले प्रयोग गरेको छ भन्ने विषयमा सबै जानकारी भएपनि फिर्ता ल्याउन भने ठोस पहल गर्न सकेका छैनन ।

राजन मेहताले ग्यालेक्सी टीभीमा दिएको अन्र्तवार्तामा उनले गाडी बिग्रिएको कारण काठमाण्डौमा थन्कीएर ग्यारेजमा रहेको बताएका थिए ।

पछि सो टेलिभिजनलाई दिएको अर्को अन्र्तवार्तामा मेहताले कार इनरुवामा जिल्ला समन्वय समितीको कार्यालयमा रहेको दावी गरि आफनो पुर्व भनाईलाई ढाकछोप गरेका थिए ।

अरूले गलत प्रचार गरेको सुनाएका हालका नगरप्रमुख केदार भण्डारी उपचारको लागि भारत गएको कारण फिर्ता गर्न ढिला भएको मेहताले प्रष्ट पारेका छन । नगरपालिकासँग समन्वय भएरै गाडी राखेको र गाडी चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

मेहताले नगरपालिकासँगकै समन्वयमा सवारी साधन आफूले राखेको बताउने र नगरपालिकाले देखावटी रुपमा फिर्ता ल्याउन पहलसहितको पत्राचार गर्ने तर सबै थाहा भएको विषयमा ठोस कदम चाल्न नसकेको स्थिति ‘त कुटेजस्तो गर्छु, म रोए जस्तो गर्छु’ भने जस्तो वा मैथली भनाई ‘चोर चोर मोसेरा भाई’ जस्तो नाटकीय स्थितिको रुपमा रहेको भनेर स्थानीयहरु विश्लेषण गर्न थालेका छन ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट