July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सिरहाः सास्तीमा व्यवसायी, रकम भुक्तानीमा चनमाविको आलटाल

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:३६
सिरहाः सास्तीमा व्यवसायी, रकम भुक्तानीमा चनमाविको आलटाल

सिरहा । सिरहाको सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ ।

माग पत्र जारी गर्दै जनमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोशन कुमार यादवले रहस्य खुलाए ।

छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री दिए गराए वापत भ्याट सहित १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ भुक्तानी गर्न चनमाविले आलटाल गर्दै आएको आयोजित पत्रकार सम्मेलनमा व्यवसायी दिनेश कुमार यादवले प्रष्टाए ।

उनका अनुसार बिल नं. १७२ को ४ लाख ५३ हजार ४ सय ६९, बिल नं।१६७ को ६ लाख ६४ हजार ९ सय ८०, बिल नं।१६८ को ३ लाख ८९ हजार ८ सय ५० र बिल नं।२०४ को १ लाख ९६ हजार २ सय ८१ गरी चारवटा बिलको भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।

निर्माण सामग्री दिए वापत विद्यालयमा पेश गरिएको बीलको आर्थिक वर्ष समाप्त भएपछि पनि भुक्तानी हुन नसक्दा लेखा परिक्षकको राय बमोजिम उक्त बिल पेश भएको हो भनी स्वीकृति पत्र दिएको तर रकम भुक्तानी नगर्दा व्यापार नै चौपट हुने अवस्थामा पुगेको उनले दुखेसो पोखे ।

“विद्यालयका प्राचार्य कर्णले हस्ताक्षर गरेको सामग्री माग पत्र अनुसार निर्माण सामग्री उपलब्ध गराएर रकम भुक्तानीका लागि बर्षौ देखि कैऔ पटक ताकेता गरे पनि कुनै सुनुवाई गरिरहेको छैन्,”व्यवसायी यादवले भने,“विद्यालयलाई उपलब्ध गराएको निर्माण सामग्रीको बिल काटेर विद्यालयमा गएको आर्थिक वर्षमै पेश गरे । कर कार्यालयमा त्यस बिलको कर पनि चुक्ता गरिसके तर भुक्तानी नहुँदा दोहोरो मारमा परेको छु ।”

प्रमाण सहित आएमा प्रक्रिया पुर्याएर नियमानुसारको भुक्तानी गर्न सकिने चनमावि सिरहाका प्राचार्य कर्णले बताए । केही कारणले भुक्तानीको प्रष्टताबारे ढिलाई भएको उनले स्वीकार गरेका छन् । आउने केही दिनमा त्यस्ता समस्याको निकास आउने उनको दाबी छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्