May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० ११:0८
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौँ मिनेटमा एलेजेन्ड्रो ग्रान्चोको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । तर, खेलको १४ औँ मिनेटमा कार्लटन मोरिसले लुटन टाउनका लागि गोल फर्काउँदै अन्तरकम गरेका थिए ।

पहिलो हाफको १५ मिनेट भित्र कुल ३ गोल निस्किए पनि बाँकी समयमा थप गोल नहुँदा अन्ततः युनाइटेड २–१ को जितका साथ तालिकामा ३ अङ्क थप्न सफल भयो । जितसहित युनाइटेड ४४ अङ्क बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ भने पराजित भएको लुटन २० अङ्कका साथ १७ औँ स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५–० को एकतर्फी जित दर्ता गरेको छ । पाँच मध्य एक गोल भने उपहार पाएको थियो । १३ औँ मिनेटमा सेफिल्डका मेसन होलगेट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।

यसैगरी, फाकुन्डो बुओनानोटले २० औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । डेनी वेलब्याकले २४ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको ब्राइटनले ७५ औँ मिनेटमा एक गोल उपहार पायो । सेफिल्डका ज्याक रोविनसनले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइटनले अग्रता तेब्बर बनायो ।

त्यस्तै, ७८ औँ मिनेटमा सिमनो एडिंग्राले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे । उनैले व्यक्तिगत दोस्रो गोल ८५ औँ मिनेटमा गर्दा ब्राइटनले सेफिल्डमाथि ५–० को सहज र फराकिलो जित निकाल्न सफल भयो ।

जितपछि ब्राइटन ३८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । पराजित भएको सेफिल्डभने सबैभन्दा पुच्छरमा १३ अङ्कका साथ रहेको छ ।

प्रिमियर लिगको २५ औँ चरणको खेल जारी रहँदा लिभरपुल ५७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थनमा रहेको आर्सनलको ५५ तथा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अङ्क रहेको छ ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट