May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कांग्रेसका विभाग पूर्ण हुन बाँकी

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:५६
कांग्रेसका विभाग पूर्ण हुन बाँकी
  • कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने
  • विधान अनुसार कांग्रेसका ४८ विभाग छन्
  • विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी

काठमाडौं ।।

नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ ।

विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी गर्दैै आएका छन् । विभागका लागि तयारी भइरहे अन्तिम रुप पाउन नसकेको बताइएको छ । शीर्ष तहका एक नेताका अनुसार केही विभागको संयोजक १५ भदौ भित्र तोकिने छ ।

‘प्रमुख केही विभागको संयोजक १५ भदौसम्म तोकिने छ । १ र २ भित्र संयोजकको टुंगो लाग्छ,’ शीर्ष तहका एक नेताले भने । हालसम्म प्रचार विभागको प्रमुख मात्रै तोकिएको छ । उक्त विभागको प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । उक्त विभागमा ४२ सदस्य थपिएका छन् ।

विधान अनुसार प्रमुख सहित प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभाग हालसम्म गठन हुन सकेको छैन ।

१० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौ गठन र पूर्णता दिइसक्ने निर्णय गरेको थियो । साथै, बैठकले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गत कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने निर्णय गरिएको थियो । विभाग गठनको अधिकार विधानले पार्टी सभापतिलाई दिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।