July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता : के–के भयो छलफल ?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १५:0३
प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता : के–के भयो छलफल ?

काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले रातोपाटीलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाले पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन भन्नुभयो ।’

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताएका थिए । कोइरालाले जनमतका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग राखेका थिए । सभापति देउवाले आफ्नो समूहलाई  दुई मन्त्रालयको मात्र प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको भनाइ थियो ।

सभापति देउवासँग बिहीबार साँझ भेटवार्ता गरेका कोइराला शुक्रबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन्  ।

कांग्रेसभित्र गुटगत विवादका कारण प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालय सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री  बनेर सरकारमा सामेल भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि सभापति देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ  । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा नेता शेखर कोइराला सकारात्मक छन् । महामन्त्री थापा भने देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्