March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध

ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १६:२६
ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

रौतहट । आफ्नो सट्टामा ज्वाइँलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लगाएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहविरुद्ध जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आइतबार मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट उनको सट्टा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेको थियो ।

नगर प्रमुख साहको सट्टामा एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए । पक्राउ परेका साह नगर प्रमुख साहका आफ्नै ज्वाइँ हुन् । उनी रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले प्रहरी अनुसन्धानका क्रममा नगरप्रमुख साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको आधारमा साहविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले साहलाई पक्राउ गर्न देवाही गोनाहीलाई पत्रचार गरिसकेको जनाएको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

यता, नगर प्रमुख साहले भने आफूलाई नियतवस योजनावद्ध ढंगले फसाउन खोजेको र आफ्नो नाममा कसले र किन परीक्षा दिएको केही थाहा नभएको बताउँदै आएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट