April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:0८
सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

दार्चुला । नेपालमा तुलनात्मक रुपमा प्रशासनिक नेतृत्वमा पुरुष भन्दा महिलाको संख्या थोरै छ । अझैं सुदूरपश्चिमबाट प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति धेरै कमजोर देखिन्छ ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चितबाट एक जना महिला पनि सीडीयो अर्थात प्रमुख जिल्ला अधिकारी बनेका थिएनन् । तर, यो नकारात्मक रेकर्डलाई बझाङकी किरण जोशीले तोडेकी छन् ।
सुदूरपश्चिम प्रदेशमा नौ वटा जिल्ला छन् । तर, मुलुकको प्रशासनिक क्षेत्रमा सुदूरका महिलाको उपस्थिति अन्य क्षेत्रभन्दा कमजोर छ ।

यस पहिले त सुदूरपश्चिमबाट कुनै पनि महिला प्रमुख जिल्ला अधिकारी बनेका थिएनन् । तर, यस्तो नकारात्मक रेकर्ड बझाङको दुर्गाथली गाउँपालिका–४ की किरण जोशी तोडिन् ।

अहिले उनी सुदूरपश्चिम प्रदेश मै पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनिन् ।

त्रिदेशीय सिमाना जोडिएको दार्चुला जिल्लामा चैत्र दोस्रो सातादेखि उनले कार्यभार सम्हालिरहेकी छन् । नेपाल सरकारकी उपसचिव जोशी कञ्चनपुरमा जन्मिएकी हुन् ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा कार्यरत जोशीलाई मन्त्रालयले दार्चुलाको सीडीओको जिम्मेवारी दिएको हो ।

योसँगै भारत र चीनसँग सीमा जोडिएको चुनौतीपूर्ण जिल्ला दार्चुलाको प्रशासनिक नेतृत्व पहिलोपटक महिलाले हाँक्दै छिन् ।

दार्चुलामा बारम्बार नेपाल र भारतबीच सीमा विवाद भइरहेको छ । भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा समेटिएको यो क्षेत्रलाई चासोका साथ हेर्ने गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी किरणले २०६१ सालमा खरिदार पदबाट आफ्नो लोकसेवा यात्रा तय गरेकी थिइन् ।

महिला सशक्तिकरणका क्षेत्रमा प्रेरणा बनेकी जोशीले बालविवाह न्युनिकरण, बढ्दो आत्महत्या निरुत्साहन र विशेषतः महिलाहरुको आत्मबल बढाउने सम्बन्धी भूमिकामा विशेष ध्यान पु-याउने गर्छिन् ।

किरणले त्रिदेशीय नाका भएको दार्चुलामा जिल्ला प्रशासन कार्यालयले गर्ने सम्पूर्ण कार्य गर्ने र थिति बसाल्न सबैलाई आआफ्नो ठाउँमा जिम्मेवार बन्न पनि अनुरोध गरेकी छन् ।

सीडीओको जिम्मेवारीसहित दार्चुला खटिएकी जोशीबाट दार्चुलाको प्रशासनिक क्षेत्र र सीमा क्षेत्र व्यवस्थापनमा उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।

किरणको क्षमतालाई केवल महिला सशक्तिकरणसँग हेर्नेमात्रै नभई सफलतामा पुग्न हरकोहीले निरन्तर परिश्रम गर्नुपर्ने तर्फ समेत औल्याएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट