July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

७० करोड भ्रष्टाचार आरोपमा कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:१0
७० करोड भ्रष्टाचार आरोपमा कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले पावर सेक्युरिटी प्रेस खरिदमा ७० करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलसहित सीडीई नविन कुमार पोखरेल,सहायक निर्देशक रमेशप्रसाद पोखरेल,शाखा अधिकृत मनिकमान महर्जन,लेखअधिकृत सेवानिवृत्त राम बहादुर बुढा,शाखा अधिकृत शिरिष उपाध्याय,प्रबन्ध निर्देशक रोहित मान प्रधान,निर्देशक भुवन महर्जन र प्रबन्ध निर्देशक मित्र लाल गुरौंविरूद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको हो।

अख्तियारले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइड फ्युल स्टोरेज ट्यांक खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी भएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा भ्रष्टचारजन्य कसूरमा संलग्न पाइएकाले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। उनीहरूमाथि थप अनुसन्धान हुने अख्तियारले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्