sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:२४
सिंघिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

 विराटनगर ।   विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ ।
यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी लिएका छन् ।  गत वर्ष २०७८ मंसिरदेखि
२०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा भेटिएको हो ।

पहिलो पटक फेला परेको  माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो । विराटनगरकै अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू,
दीपक राजवंशी,भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरु जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा
विराटनगरको तल्लो भाग जहदा पुुल र बुधनगर गरी दुई वटा अध्ययन विन्दुहरुमा फेला पारेका हुन् ।

उनीहरुले पत्ता लगाएको माछा नेपालको लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ
जुलोजीमा २०२३ को भोल्युममा प्रकाशित भएको छ । अनुसन्धानकर्ताहरुका अनुसार एमब्लिसेप्स वाइखोमी प्रजातिको
माछा दक्षिण एशियातिर मात्रै त्यही पनि विरलै भेटिन्छ । सन् २०१६ मा मात्रै भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीमा
अरुणाचल प्रदेशमा पहिलो पटक रेकर्ड गरिएको थियो । यसको जनसंख्या पनि अति नै कम र जताततै नपाइने भएकोले
धेरै विवरण नपाइने अनुसन्धानकर्ताहरुको भनाइ छ । अनुसन्धान अवधिभरिमा सिंघिया नदीमा पनि पाँच दस वटा मात्र भेटिएको थियो ।

यो माछा निकै सानो हुन्छ, यसको लम्बाइ चारदेखि नौ सेन्टीमिटर र तौल ३० ग्रामभन्दा कम हुन्छ । यसका आनीबानी,
आहारबिहार,प्रजनन् आदिको गहिराइमा अध्ययन भएको छैन । यसबाट मानिसले के कति फाइदा लिन सक्छ भन्ने पनि
यकिन हुन सकेको छैन । सिंघिया नदीको पानीका भौतिक तथा रासायिनक विशेषताहरुसमेत अुनसन्धानका क्रममा परीक्षण
गरिएकोले कस्तो जलीय वातावरणमा बस्दोरहेछ भन्ने सम्म खुलेको छ ।

हाल चीनमा माछाकै विषयमा विद्यावारिधी गरिरहेका प्रमुख अनुसन्धानकर्ता लिम्बूले भने—“हामीले सिंघिया नदीका जलचर
अनुसन्धानका क्रममा नयाँ किसिमको माछा भेट्यौँ अनि यसका बाहिरी बनावट र पखेटा (फिन)हरुको नापजाँच गर्यौँ,
अरु प्रजातिसँग तुलना गर्यौ, तब निष्कर्षमा पुग्र्यौँ कि यो नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटिएको हो ।” उनीहरुको
उक्त निष्कर्षलाई जर्नलमा प्रकाशित भएपछि  विश्वका माछा विशेषज्ञहरुको समुदायले सार्वजनिक पुष्टि गरेकोे ठहर्छ ।

एम्ब्लिसेप्स जातिका जम्मा २६ वटा प्रजाति संसारमा छन् । अघिल्लो वर्ष मात्रै यसको २६ औँ प्रजाति अरु कुनै देशमा पत्ता
लागेको थियो । नेपालका लागि अहिले पत्ता लागेको यो नयाँ प्रजातिसँगै अब दुई सय ७० प्रजातिका माछा भएका छन् ।
लिम्बुका अनुसार मोरङ जिल्लामा पाइने एक सय १८ प्रजातिमध्ये सिंघिया नदीमा ६२ प्रजातिका माछा पाइन्छन् ।
एम्ब्लिसेप्स वाइखोमीको अस्तित्वले नेपालमा माछाको संसारमा एक नयाँ आयाम थपिएको छ भने विराटनगर शहर
र सिंघिया नदीको नाम पनि राखेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid