May 23, 2025 | शुक्रबार, जेष्ठ ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अपराजित रहँदै एपिएफ फाइनलमा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १५:५३
अपराजित रहँदै एपिएफ फाइनलमा

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा विभागिय टिम एपिएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। एपिएफले समूहचरणका सबै चार खेलमा जित निकालेको हो।

मंगलबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफले आयोजक ललितपुर मेयर्स ११ लाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। साविक च्याम्पियन समेत रहेको ललितपुर अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। तर अन्तिम खेलमा पनि उसले आफ्नो प्रभावसालि प्रदर्शनलाई जारी राख्यो।

टस जितेर पहिले ब्याटिङ गरेको  एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो। उसका लागि राजमती ऐरीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान सिता रानामगरले १९ रन बनाएकी थिइन। त्यस्तै विनु वुडाले १२ रन बनाइन। ललितपुरका लागि सिमाना केसी र सृष्टि जैसीले समान २-२ विकेट लिए।

१ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर एपिएफका बलरसामू  खुलेर खेल्न असफल भयो। उसका लागि सोनी पाख्रिनले १५ रन बनाउनु सर्वाधिक रह्यो। उनि बाहेक लक्ष्मि चौधरी र सिमना केसीले समान १०-१० रन बनाए। एपिएफका लागि राजमति ऐरी र विनु वुढाले समान २-२ विकेट लिएका थिए।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट