July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:३१
दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो।

प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले घुस मागेको अडियो सुनेकाले एक साताका लागि निलम्बन गरेको जानकारी दिए। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने बताए। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो। उनले उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनमा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’

आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गर्दै प्रसाईंले भनेका छन्, ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।’

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्