July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १६:0४
भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

गनेश कुमार यादव
इनरुवा । भारतीय कुखुरा,चल्ला तथा अन्डा तस्करी रोक्न पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा गयी पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी लगायत कुखुरा पालन गर्ने कृषकहरु मिलेर ध्यानाकर्षणपत्र बाझाएको को ।
विगत केही बर्षदेखि छिमेकी मूलुक भारतमा पन्छीजन्य रोग अनियन्त्रीत बनेको अवास्था छ । भारतका बिभिन्न राज्यहरुमा पटक पटक बर्डफ्लु रोग देखापरिनै रहेको छ । भारतमा देखापरेको बर्डफ्लु रोगको कारण अन्य देशहरुले पनि भारतीय पोल्ट्रीजन्य वस्तुहरु आयात बन्द गरेको अवास्था छ ।
खुल्ला सिमाना भएको कारण भारतमा रहेको बर्डफ्लु जुनसुकै बेला पनि आउन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले पोल्ट्रीजन्य सामाग्री नेपाल आयातमा पूर्ण प्रतिवन्ध लगाएतापनि भारतीय कुखुरा चल्ला अन्डा तस्कर गरि लुकाइ छिपाई भित्रीरहेको हुँदा तत्कालै बन्द गर्न माग गर्र्दै पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी ध्यानाकर्षणपत्र बुभाएको डा.राजकुमार यादवले जानकारी दिए ।
ध्यानाकर्षणपत्र बुझाउँदापनि भारतीय कुखुरा तस्करी रोकियेन भने पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी थप आन्दोलन समेत गर्ने डा.यादवले जानकारी दिए । डा.यादवका अनुसानर भारतीय कुखुरा चल्ला अन्डा तस्कर नरोकीए सुनसरी जिल्ला भरीका सबै कुखुरा पालन गर्ने किसान सडकमा उत्रिन बाध्य हुने छ ।
पछिल्ला समयदेखि सुनसरीको घुस्की कप्तानगंज भोकाहा नंसिहगको सिस्वा धरमपूर कोशी गाउपालिकालको जमुवा लौकही देवान्गंज बाट तस्कर गरी सुनसरीको स्थानीय बजार देखी प्रमुख सहरहरुमा विकीगरिरहेको हुदा हाम्रो प्रत्यक्ष बजारमा परेको असर र हाम्रो स्थालगत अनुगमनबाट भारतीय कुखुरा चल्ला अण्डा भित्रीएको पुष्टी भएको उक्त ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
मासु व्यवसायी र पोल्ट्री फारम साथै यसमा सलग्न सबै सरोकार वालाहरुलाई अनिवार्य दतां गराउनुपर्ने ।,मानु जन्य वस्तु जुन जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्वन्ध राख्दछ । यसलाई “तयारी मासुको मापदण्ड“ सबै व्यवसायीलाई विज्ञ मार्फत प्रशीक्षण दिने ।,आम नगर तथा गाउँवासीलाई सुचनाका माध्यमहरु मार्फत गुणस्तरिय मासु प्रयोग बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने ।,नगर तथा गाउँपालिकाहरुले आफ्ना भारतिय सिमा जोडिएका नाकाहरुमा खवरदारी बोर्ड राख्ने । ’नगर तथा गाउँपालिकाले जन प्रतिनिधी, नागरिक समाज, राजनितिज्ञ साथै सबै संस्थालाई यसको गम्भिरता बारे सुसूचित गर्ने ।,नगरपालिका तथा गाउँपालिकाले नियमित मासु तथा मासु जन्य खाद्यान्न अनुगमन गर्ने ।,दश गजा नजिकै खोलीने पोल्ट्री फर्म, मासु व्यवसायले अवैध आयातलाई प्रोत्साहन दिएको छ, यसलाई कसरी निराकरण गर्ने यो विषय सम्वन्धित पालिकाले ध्यान दियोस् भनेर उल्लेख गरिएको छ ।
पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरीले जिल्ला प्रशासन कार्यालय,सुनसरीलाई लाई ध्यानाकर्षणपत्र बुझाउँदै निम्न मागहरु गरेका छन् ।
– जिल्ला प्रशासन प्रमुख, जिल्ला सुरक्षाका सबै संयन्त्र प्रमुखहरु परिवर्तन हुँदा पनि यस विषयको गम्भिरतालाई मध्यनजर गर्दै टिम परिवर्तन हुँदा पनि यो विषय राखिदिनहुन अनुरोध गर्दछौं ।
–दैनिक अवैध कुखुरा, मानु तथा अण्डा भारतबाट आउँदा राज्यको करोडौ रकम अनाधिकृतरुपमा देश –बाहिर गईरहेको रोक्नका लागि राष्ट्रिय अनुसन्धानको पनि विषय यसलाई बनाइयोस् ।
–अवैध प्रतिवन्धित मासु तथा मासुजन्य पदार्थ ओसार पसारमा सम्लग्न गर्ने व्यक्तिलाई जेल सजाय सहितको कानून बनाउन हाम्रै जिल्लाबाट पहल गरियोस् ।
–अन्तर जिल्ला साथै प्रदेश स्तरीय प्रशासनिक संयन्त्रको बैठकमा पनि यो विषयले प्रवेश पाओस् ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्