October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

काठमाडौं महानगर अगाडि ७७ घन्टे धर्ना सुरु

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १५:५२
काठमाडौं महानगर अगाडि ७७ घन्टे धर्ना सुरु
  • फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग 
  • ७७ घण्टासम्म नै उभिने घोषणा
  • यसमा अभियन्ताहरुले पनि साथ दिने 

काठमाडौं ।।

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् ।

ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए । तर नेतृत्वमा पुगेपछि ठीक विपरीत व्यवहार देखिएको भएको भन्दै उनले भने, ‘व्यक्तिको विरोध गरेको होइन, स्थानीय सरकारसँग जवाफ मागेका हौं । युवाले नेतृत्व गरेको सरकारले पहिलाभन्दा फरक व्यवहार देखाउनुपर्‍यो भनेका हौं ।’

‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियानका अभियन्ताहरुले मेयर बालेन शाहसँग सम्वाद गर्न खोजेका थिए । तर उनी सम्वादका लागि तयार नै भएनन् । ‘हिजो सँगै हिँड्नुभएको साथीहरु नै अल्टरनेटिभ पोलिटिक्समा हुनुहन्छ, मेयरको सचिवालयमा हुनुहुन्छ’ ईः भन्छन्, मेयरले भेट्न नचाहेपछि उहाँहरुमार्फत फ्रेमवर्क पनि पठाएका थियौं । त्यसको कुनै रेस्पोन्स आएन ।’

मेयर बालेनले निर्णय गरेपछि गलत नै भएपनि कार्यान्वयन गरिछाड्छु भन्ने हद देखाएको अभियन्ताहरुको बुझाइ छ । इगोमा सेन्टरमा राखेर सरकार चलाउने हो भने न उहाँलाई राम्रो हुन्छ, न हिजो उहाँलाई समर्थन गर्ने हामीहरुलाई राम्रो हुन्छ ।’ त्यसैले फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनबारे ध्यानाकर्षण गराउन महानगरको कार्यालय अगाडि ७७ घण्टा उभिने निर्णय लिएको ईले बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट