July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:४९
सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भनाईप्रति आपत्ति जनाएका छन् । सोमबार चितवनमा पुगेका गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

मेयर शाहले शनिबार फेसबुकमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। सोमबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीको तस्बिर राख्दैसाहले १४ बुँदामा कारण उल्लेख गर्दै बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेको बताएका छन्।

जवाफमा गृहमन्त्री श्रेष्ठले यसले महानगरपालिका र मेयरलाई समाजको अगाडि कसरी प्रस्तुत हुने सोच्नुपर्ने धारणा राखे।

उनले केन्द्र सरकारले स्थानीय सरकारले अस्तित्व स्वीकार नगरेको बताएका थिए। उनले भनेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

जवाफमा गृहमन्त्री श्रेष्ठले स्थानीय र प्रदेश सरकारसँग संघीय सरकारले समन्वय गर्न आफूहरु प्रतिवद्ध रहेको बताए।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्