April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी 

सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारतमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:0१
सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारतमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारत पुगेका छन् । आइतबार कर्णाटकमा भएको कार्यक्रममा भाग लिन बस्नेत शनिबार नयाँ दिल्ली हुँदै त्यहाँ पुगेका हुन् ।

सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहेका थिए । भारतीय प्रधानमन्त्री मोदीले सो अवसरमा इन्टरनेशनल बीग क्याट एलायन्सको पनि घोषणा गरे । आज केही उच्च स्तरीय भेटघाट गरेर मन्त्री बस्नेत भोलि नेपाल फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग वन तथा वातावरण मन्त्रालय रहेको छ । सोही मन्त्रालयमार्फत मन्त्री बस्नेत भारत गएको बताइन्छ । निकट भविष्यमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन गइरहेको छ । त्यसको बारेमा पनि मन्त्री बस्नेतले छलफल गर्ने स्रोतको दाबी छ ।

यता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि दिल्ली गएर हिजो नै काठमाडौँ फर्केका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गरेर उनी नेपाल फर्केको बताइएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट