May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अब नयाँ कार्यकक्षमा प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १४:३४
अब नयाँ कार्यकक्षमा प्रधानमन्त्री
  • प्रधानमन्त्रीद्वारा पुरानै कार्यकक्षको प्रयोग सुरु
  • नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त
  • प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थाले 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले कार्यालयको स्थानान्तरणले नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त गरे । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएकोका छौं । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले

जाने संकल्प पनि गरेको छु,’ उनले भने,‘ १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको त्यस्तै राखेर भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको प्रवलीकरण भएको छ ।’ प्रचण्डले अघि भने,‘ अहिले बसिरहेको ठाउँमा अलि गुम्म परेको, फ्रेस नभएको जस्तो लाग्थ्यो, यो ठाउँमा चाहि सबैतिर देखिने, बरन्डातिर पनि हेर्न पाइने, स्पेस पनि अली ठूलो भएकाले बढी दिमाग फुर्छ होला भन्ने अपेक्षा गरेको छु ।’ २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।]

 

 

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।