July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

उडेको एयर भित्र झगडाको कारण विमान फर्कायो

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:४१
उडेको एयर भित्र झगडाको कारण विमान फर्कायो

एजेन्सी

दिल्‍लीबाट लन्डन उडेको एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा जहाज पुनःदिल्ली फर्काइएको छ।
विवादले चर्को रुप लिएपछि उडेको केही समयमै विमान दिल्ली फर्काइएको हो। समाचार एजेन्सी एएनआईले एयर इन्डियाका अधिकारीलाई उदृध गर्दै लन्डन उडेको केहीबेरमा विमान फर्काइएको बताएको छ। झगडाको कारण भने खुलाइएको छैन।

एयर इन्डियाले दिल्ली–लन्डन उडेको उडान एआई १११ विमानमा सवार यात्रुको गम्भीर अभद्र व्यवहारका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काउनु परेको बताएको छ।

अधिकारीका अनुसार यात्रुलाई चालक दलका सदस्यले चेतावनी दिँदा समेत मानेन। चालक दलका दुई सदस्यलाई चोट समेत लागेको छ। यात्रुको थप विवरण भने आइसकेको छैन ।

घटनाबारे दिल्ली प्रहरीमा उजुरी परेको छ। यसअघि पनि एयर इन्डियामा यात्रुहरूले गरेको दुर्व्यवहारबारे घटना सार्वजनिक भएको थियो।

केही दिनअघि मात्रै एक यात्रुले आफ्नै सहयात्रीमाथि पिसाब गरेको घटना बाहिरिएको थियो।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्