May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

चिरख्वा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० ११:१२
चिरख्वा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै
  • हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
  • आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन
  • पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने
  • अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने

काठमाडौं ।।

चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई चार लाख कित्ता निष्कासन गरेको थियो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८० हजार कित्ता, कर्मचारीका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूलाई ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।