काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दैछन्।
गभर्नर अधिकारीले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन आज अपराह्न १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
उनले पत्रकार सम्मेलनमार्फत बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैङ्कहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्याका बारेमा जानकारी गराउने लागेको बताइएको छ।
बैंकहरूले वैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका छन्। सोही कुरालाई मध्यनजर गर्दै उनले आज पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ।