sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय जाँदैन : गोल्छा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:२५
अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय जाँदैन : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताएका छन् । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै उनले यो अप्ठ्यारो लामो समय नरहने बताए । ‘कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा पर्यो । अहिलेको निरासाजनक अवस्था लामो समय रहँदैन,’ अध्यक्ष गोल्छाले भने ।

अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उनले सुझाव दिए । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

लोकप्रियताभन्दा पनि दिगो योजना बनाएर दिगो आर्गिक वृद्धिका लागि काम सरकारलाई सुझाव दिंदै उनले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उनले जनताको जीवनस्तर उठाउन काम गरिने बताए । हामीसँग विश्व बजारमा छिरेका देशहरु धेरै माथि पुगेका उदाहरणले नेपाल पनि पुग्न सक्छ भन्दै गोल्छाले अहिलेको अप्ठ्यारो अवस्थामाथि उठाउन सरकारको विशेष ध्यानाकर्षण गराए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid