May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

शुभकामना दिँदै खनालले देश अनेक खालका संकटमा रहेको बताए

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १३:४६
शुभकामना दिँदै खनालले देश अनेक खालका संकटमा रहेको बताए
  • देश अनेक खालका संकटमा, देशमा मूल्यवृद्धि 
  • कसरी पर्व मनाउने भन्ने प्रश्न खडा भए पनि खुसीका साथ मनाउनुपर्ने
  • दलाल पुँजीवादी व्यवस्थाले गर्दा समस्या सिर्जना

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश अनेक खालका संकटबाट अघि बढिरहेको बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल सम्वतको अवसरमा उनले भिडियो सन्देश दिँदै देशमा राजनीतिक, सामाजिक संकट रहेको बताए । “देश विभिन्न कारणले अनेक खालका संकटहरूबाट अघि बढिरहेको छ,” खनालले भने, “राजनीतिक, आर्थिक, समाजिक सांस्कृतिक संकट, राष्ट्रियताको संकट बढिरहेको छ ।” उनले महँगीका कारण कसरी पर्व मनाउने भन्ने प्रश्न खडा भए पनि खुसीका साथ मनाउनुपर्ने बताए ।

“देशमा मूल्यवृद्धि भएको छ । महँगी बढिरहेको छ । यस्तो अवस्थामा समुदायका लागि चाडपर्वहरू कसरी मनाउने होला भन्ने सामना गर्नुपर्ने परिस्थिति बनिरहेको छ,” उनले भनेका छन्, “जुनसुकै अवस्थामा भए पनि आइरहेको चाडपर्व वास्तवमा खुसीयाली पर्व हो । खुसी साटासाट गर्दै मनाउनुपर्छ ।” दलाल पुँजीवादी व्यवस्थाले गर्दा समस्या सिर्जना भइरहेको उनको ठम्याइ छ । “देशको दलाल पुजिँवादी व्यवस्थाले गर्दा सिर्जना भइरहेका विकृति हटाउनका लागि तपाईं हामीले एउटा सुन्दर समाजको निर्माण गर्नुपर्छ । समाजवादी समाजको निर्माण गर्नुपर्दछ,” उनी भन्छन् । जनता अघि बढ्दै गरेकाले एकदिन सभ्य, सुन्दर समाज बन्न सक्ने विश्वास पनि उनको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।