May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चाउचाउको बीचमा विदेशी मुद्रा फेला ४ जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १३:३९
चाउचाउको बीचमा विदेशी मुद्रा फेला ४ जना पक्राउ
  • चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे
  • विदेशी मुद्रा दुबई लैजाँदै गर्दा

काठमाडौं ।।

ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका हुन् ।

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा -९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको नाम खुलाएको छैन । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।