July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान ओली असहमत

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:३२
टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान ओली असहमत

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान असहमती जनाएका छन्।

मंगलबार बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विधेयक धेरै ढिलो भइसकेको भन्दै अब ढिलो नगरी अगाडि बढाउन प्रस्ताव राखेका थिए।

यसको जवाफमा ओलीले यसला‍ई छिटो टुङ्ग्याउने कुरामा आफूहरू सहमत नै रहेको बताएका थिए। साथै, उनले सबैको चित्त बुझ्ने र न्यायपूर्ण तरिकाले यसलाई टुङ्ग्याउन एमाले तयार नै रहेको समेत बताएका थिए।

प्रधानमन्त्री दाहालको आशय उक्त विधेयक ढिलो नगरी ‘फास्टट्याक’मा लैजाने थियो।, तर यस कुरामा भने एमालेले सहमती नजनाएको विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

यसका साथै, आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि अगाडि बढाउने कुरा पनि भएको थियो।

यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा कांग्रेसभित्र पनि छलफल गर्नुपर्ने बताएपछि१ गते बस्नेगरी आजको बैठक सकिएको गिरीले जानकारी दिए।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्