April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

भारतीय पत्रकारहरुको घरमा प्रहरीले छापा मार्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:२६
भारतीय पत्रकारहरुको घरमा प्रहरीले छापा मार्दै
  • भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मार्यो 
  • न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप
  • त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु
  • प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मार्दै 

काठमाडौं ।।

भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ । केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले पनि यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।पत्रकार अभिसार शर्माले दिल्ली प्रहरी आफ्नो घरमा आएर ल्यापटप र फोन लगेर गएको बताएका छन् । भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए भने न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरेको थियो ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।