May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १३:१0
ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘बाह्य अवस्था राम्रो छ । रेमिट्यान्स बढेको छ । तर बजार मन्दीको अवस्थामा छ,’ अर्थमन्त्री महतले भने, ‘यो भनेको काभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले हो । अब यसलाई फुकाउने बेला भयो ।’

आयात रोकेका कारण राजश्वमा दबाब देखिएको भन्दै उनले बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए ।

‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन् । सबै क्षेत्र मन्दीको अवस्थामा छ । तर अब राष्ट्र बैंकको पोलेसी सिफ्ट गर्नुपर्छ,’ उनले थपे, ‘निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर नै परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छौं ।’

‘घरजग्गाको कित्ताकाट सहज बनाउन छलफल भइरहेको छ । यससबाट बजार सहज हुन्छ । अब काम गर्न सकिने अवस्था बन्छ । ऋण पुनर्तालीका र सहजीकरण गर्न सकिन्छ तर ब्याज र साँवा नै तिर्दिन भन्न पाइन्नँ’ अर्थमन्त्री महतले भने ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट