October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

११ वर्षपछि फेरि पक्राउ जो सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार थिए

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:४0
११ वर्षपछि फेरि पक्राउ जो सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार थिए

बागलुङ

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ प्रहरीले बागलुङको तमानखोला गाउँपालिका–४ (साविक तमान गा.वि.स.–६) का ३९ वर्षीय कृष्णबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

२०६७ भदौ ३१ गते भएको म्याग्दीको रुम गा.वि.स.–७ का ४६ वर्षीय लालबहादुर विक हत्याको घटनामा संलग्न विकलाई जिल्ला अदालत बागलुङले २०६८ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो । उक्त घटनाको सर्वोच्च अदालतले २०७२ माघमा जिल्ला अदालतको फैसला सदर गरेपनि विक फरार रहेका थिए ।

विकलाई जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा रुपन्देही सिदार्थनगर नगरपालिका–१२ शान्तिनगरबाट नियन्त्रणमा लिएर लगत कट्टाको लागि मंगलबार जिल्ला अदालतमा उपस्थित गराएर कारागार कार्यालय बागलुङमा पठाइएको जिप्रका बागलुङका प्रनि खड्काले बताए ।

उनले विकले तत्कालिन समयमा लालबहादुर विकलाई टाउकोमा ढुंगाले हानी हत्या गरेर तमानखोलामा फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्