October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अवसर दिए निजी क्षेत्रले समुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१२
अवसर दिए निजी क्षेत्रले समुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले  मुलुकमा समुन्नति ल्याउने बताउनुभएको छ।
मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योगी तथा व्यवसायीबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय अर्थतन्त्रमा
देखिएको निराशा लामो समय नरहने बताउनुभयो। उहाँले तत्कालका लागि व्यवसायमा कठिन भए पनि व्यवसायीले नै मुलुकमा समुन्नति कोर्ने दाबी गर्नुभयो।

उहाँले व्यवसायीको अनुकुलतालाई प्रतिकुलतामा बदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिएको निराशा कम हुँदै जाने बताउनुभयो।
उहाँले विभिन्न देशमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘अर्थतन्त्रमा अहिले निराशा छ, यो हटेर जान्छ। अहिले लागत बढेको छ तर सधैँ अक्सर टाढा रहने छैन। अहिले व्यवसायी कठिन छ।
तर सम्मुन्नतिको बाटो हामीले नै कोर्ने छौं। यो मेरो कल्पना मात्रै होइन। विगतमा हामीले पुष्टि गरेर देखाएका छौं। व्यवसायीको अनकुलतालाई
प्रतिकुलतामा बदलेको गर्विलो इतिहास हामीसँग छ।’’

अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुर्‍याउन र ३० वर्षअघि एक सय दिनको अवधिमा
आठ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताउनुभयो।

उहाँले महासंघ सरकारविरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताउनुभयो। उहाँले अब महासंघको
नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताउनुभयो। उहाँले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले
वातावरण सिर्जना गरिदिनुपर्ने बताउनुभयो।

उहाँले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको
अवस्थामा ५० प्रतिशले घटेको बताउनुभयो। उहाँले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिनुभयो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्